Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री बन्दै सुधन गुरुङ

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १० : ४१ मा प्रकाशित

गृहमन्त्री बन्दै सुधन गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारमा उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिइने तयारी भइरहेको हो । 

रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा उनी प्रधानमन्त्री बनेका हुन्।उनको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्मा सुधन गुरुङलाई महत्वपूर्ण र शक्तिशाली मानिने गृहमन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

उनीबाहेक अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र कानूनमन्त्रीमा सोविता गौतम फाइनल भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको