Like us!
Follow us!
Connect us!
Watch us!

अब निजी क्षेत्रले घुस खुवाउनु र थुनिनु पर्दैन, नियोजित बेइमानी गरे कारबाही हुन्छ - अर्थमन्त्री वाग्ले

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, १४ : ३० मा प्रकाशित

अब निजी क्षेत्रले घुस खुवाउनु र थुनिनु पर्दैन, नियोजित बेइमानी गरे कारबाही हुन्छ - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘लगानी बढाउनुस् रोजगारी बढाउनुस् देश बनाऔं। म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न । म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।’ निजि क्षेत्रको सहकार्यले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि लैजाने अर्थमन्त्री वाग्लेको भनाइ छ । ‘निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूको सहयात्री हौँ ।अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन’ उनले भने, ‘आर्थिक बेइमानीमा हामी अब आर्थिक जरीवानामा जान्छौं । उद्योगी व्यापारी थुनिनु पर्दैन ।’

तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नगर्ने अपेक्षा आफुले राखेको बताए । उनले नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम हुने उनको तर्क छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको