नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अहिलेको प्रतिकुल अवस्थामा पार्टी छिन्नभिन्न भएर बिग्रन नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै यस्तो बताएका हुन् । उनले सबै कांग्रेसलाई एकजुट हुन आग्रह गरे । उनले एकतामा नै शक्ति रहेको बताउँदै यसैको बलमा फेरि उज्यालो भविष्य प्राप्त गर्ने जिकिर गरे ।
उनले भनेका छन्,‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऎतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो । यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु- हामी सबै एकजुट होऔं । म नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा अनुरोध गर्छु( एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं ।’
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री पक्राउ परेपछि संस्थापन पक्ष र इतर पक्षबीच विवाद चर्किएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस