Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल र डिजेलकाे मूल्य यथावत्, हवाई इन्धनको बढ्याे

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, २२ : २५ मा प्रकाशित

पेट्रोल र डिजेलकाे मूल्य यथावत्, हवाई इन्धनको बढ्याे

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने बढाइएको छ । पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्यमा भने हाललाई कुनै परिवर्तन गरिएको छैन ।

यो नयाँ मूल्य समायोजन चैत १८ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । यद्यपि  आन्तरिक हवाई इन्धनको मूल्य भने घटाइएको छ । मध्यपूर्वको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा निगमलाई पछिल्लो १५ दिनमा २१ करोड रुपैयाँ घाटा भएको जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य पनि बढेको अवस्थामा निगमले उपभोक्ताको हित र वित्तीय सन्तुलन कायम गर्न यो निर्णय लिएको जनाएको छ । 

 

69cbf98e5b5ad.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको