नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले मध्यपूर्वको युद्ध नेपालका लागि चुनौति भएको बताएका छन् । अर्थसंसारको अर्थ बहषमा कुरा गर्दै उनले मध्यपूर्वमा उद्ध हुँदा नेपालीको रोजगारीमा असर पर्ने भएकाले यो चुनौतिको विषय भएको बताएका हुन् ।
मध्यपूर्वको युद्धले नेपालीहरुको राजगारीमा असर गर्ने र त्यहाँबाट फर्किए आउने नेपालीहरुलाई नेपालमा रोजारी दिनका लागि तत्काल गारो पर्ने उनको भनाइ छ । नयाँ सरकारप्रति निजि क्षेत्रको ठूलो अपेक्षा रहेको बताएका उनले सरकारसँग हातेमाला गरेर अघि बढ्न निजी क्षेत्र तयार रहेको पनि बताए । सरकारले नीतिगत सुधार गरेको खण्डमा लगानीको वातावरण बन्न लागि सहयोग पुग्ने उनको विश्वास छ ।
‘सबै नेपालीले अहिलेको सरकारसँग धेरै आशा गरेका छन् । अहिले पनि केही गर्न खोजेको जस्तो देखिएको छ,’ उनले भने । व्यवसायीको मनोबल बढाउनका लागि नीतिगत झन्झटलाई अन्त्य गर्नु पर्ने उनको भनाइ छ । करको दायरा बढाउने र करको दर घटाएर अघि बढ्नु पर्ने अवस्था रहेको उनी बताउँछन् । कर तिर्नेलाई सम्मान र सहजता दिनु पर्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस