नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका निर्वतमान अध्यक्ष राजेन्द्र भण्डारीले मध्यपूर्वको द्धन्द्धका कारणले नेपालको रोजगारीसँगै अर्थतन्त्रमा नै ठूलो असर पर्ने बताएका छन् । वार्षिक रुपमा नेपालको बजेट हाराहारीको रेमिट्यान्स विदेशबाट आउने र त्यसमध्ये धेरै श्रमिक रहेको क्षेत्र मध्यपूर्वमा युद्ध हुँदा नेपालको समग्र अर्थतन्त्रमा नै समस्या पर्ने उनले बताएका हुन् ।
अर्थसंसारको अर्थ बहसमा कुरा गर्दै उनले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किने अवस्था आउँदा हरेक नेपालीको घरका साथै राज्यको अर्थतन्त्रमा नै असर पर्ने उनी बताउँछन् । ‘स्वदेशमा तत्काल रोजगारी सिर्जना हुने अवस्था नहुने र विदेशमा पनि रोजगारी गुम्ने अवस्था हुँदा अवस्था भयाभह हुन सक्छ’ उनले भने ।
छिट्टै युद्ध सकिएको अवस्थामा भने फेरि अवसर पनि हुने उनी बताउँछन् । नेपालबाट अहिले रोजगारीका लागि जाने युवाहरुले विदेश जान नपाएको र उताबाट फर्केर आउँदा थप समस्या हुन सक्ने उनको अनुमान छ । यदि छिट्टै युद्ध रोकियो भने फेरि धेरै कामदारको माग हुने र त्यसले फेरि पनि नेपाललाई लाभ नै हुने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस