Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा सुवर्ण योजनाको इकाई बाँडफाँड सम्पन्न

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, १० : ३८ मा प्रकाशित

गरिमा सुवर्ण योजनाको इकाई बाँडफाँड सम्पन्न

गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरिमा सुवर्ण योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ। योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडले उक्त योजनाको इकाई चैत २२ गते आइतबार बाँडफाँड गरेको हो।

यो योजना खुलामुखी प्रकृतिको योजना हो। यसमा प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई मध्ये बीज पूँजीबापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेड र ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक लिमिटेडका लागि सुरक्षित राखिएको थियो। यसरी कुल १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित राखी बाँकी इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा ल्याइएको हो।

स्वीकृत विवरण पुस्तिकाअनुसार पहिलो पटक सार्वजनिक निष्काशनमार्फत ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई निष्काशन गर्न शर्त अनुसार कम्पनीले ५ करोड इकाई बराबर ५० करोड रुपैयाँका लागि आवेदन खुला गरेको थियो।

उक्त योजना फागुन २८ गते बिहीबारदेखि चैत ११ गते बुधबारसम्म निष्काशन तथा बिक्रीका लागि खुला गरिएको थियो। सो अवधिभित्र रीतपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकलाई बीज पूँजीसहित चैत २२ गते इकाई बाँडफाँट गरिएको योजना व्यवस्थापकले जनाएको छ।

आवेदकहरूले आफ्नो बाँडफाँटको नतिजा मेरो सेयर, आईपिओ रिजल्ट सिडिएससी तथा गरिमा क्यापिटल लिमिटेडको वेबसाइट मार्फत हेर्न सक्नेछन्। यस योजनाको कोष प्रवद्र्धक गरिमा विकास बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको