Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुँदै

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, ०८ : ०९ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण हुँदै

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको १० प्रतिशत सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।

हाल कम्पनीको सेयर स्वामित्व संरचनामा संस्थापक सेयरधनीहरूको हिस्सा ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको हिस्सा १५.३३ प्रतिशत रहेको छ। प्रचलित व्यवस्था अनुसार संस्थापकको हिस्सा कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी सेयर सर्वसाधारणमा परिवर्तन गर्न सकिने प्रावधान रहेको छ ।

सोही प्रावधानअनुसार गत चैत १९ गते सम्पन्न विशेष साधारणसभाले कुल संस्थापक शेयरमध्ये १० प्रतिशत सेयर सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ । यस प्रक्रिया पूरा भएपछि कम्पनीको सेयर संरचना परिवर्तन भई संस्थापक समूहको हिस्सा ७६.२० प्रतिशतमा झर्नेछ भने सर्वसाधारण समूहको हिस्सा २३.८० प्रतिशत पुग्नेछ । यसका लागि नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको पनि कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीले यदि कुनै संस्थापक सेयरधनी आफ्नो सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न इच्छुक नरहेको भए सूचना प्रकाशित मिति (चैत २७ गते) ले ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित निवेदन दिन अनुरोध गरेको छ । उक्त समयभित्र कुनै निवेदन नआएमा सम्बन्धित सबै सेयरधनीको सहमति रहेको मानी रूपान्तरण प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको