Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, १० : ०६ मा प्रकाशित

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज चैत २५ गते प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

प्रभु इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र ०.४५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि वैशाख ९ गते काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे तीसौं वार्षिक साधारणसभा बस्दैछ । 

आत्मनिर्भर लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारितका लागि वैशाख ७ गते दाङको घोराहीमा बिहान ११ बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको