Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको सेयर बेच्दै एनआईसी एशिया बैंक, प्रतिकित्ता मूल्य १७५ रुपैयाँ

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १० : १८ मा प्रकाशित

सूर्यज्योति लाइफको सेयर बेच्दै एनआईसी एशिया बैंक, प्रतिकित्ता मूल्य १७५ रुपैयाँ

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको २ लाख कित्ता सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

सेयर खरीद गर्न इच्छुक तथा योग्य जोकोही लगानीकर्ताहरूले बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र पेश गर्ने समय आज चैत २६ गतेदेखि शुरु भई २०८३ वैशाख ३ गते कार्यालय समयभित्र समाप्त हुने बैंकले जनाएको छ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतमका लागि कुनै सीमा तोकिएको छैन।

इच्छुक लगानीकर्ताले बोलपत्र आवेदन फाराम एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं तथा एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय र देशभरका प्रमुख शाखा कार्यालयहरूबाट प्राप्त तथा बुझाउन सक्नेछन्। बैंकका अनुसार बोलपत्र संकलन केन्द्रहरूमा काठमाडौंस्थित थापाथलीसहित विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखा कार्यालयहरू रहेका छन्। यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको