Like us!
Follow us!
Connect us!
Watch us!

लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च वृद्धि, करिब १० अर्बको कारोबार

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १५ : ०६ मा प्रकाशित

लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च वृद्धि, करिब १० अर्बको कारोबार

बिहीबार सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार बन्द भएको छ । अघिल्लो दिन पनि बढेको सेयर बजार लगातार दोस्रो दिन पनि उच्च अंकले बढेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको हो । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.७३ प्रतिशतले बढेको हो । सेयर बजारमा आज २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स पनि ४.६४ अंकले बढेर ४८१.५३ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा हरियाली छाएको छ । परिसूचक बढेको दिन बजारमा करिब १० अर्ब रुपैयाँको कारोबार भएको छ । आज ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक खरिद बिक्री हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको