Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको आर्थिक वृद्धि सुस्त रहने एडिबीको प्रक्षेपण

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, १२ : ०४ मा प्रकाशित

नेपालको आर्थिक वृद्धि सुस्त रहने एडिबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी) ले आफ्नो अग्रणी आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) अप्रिल २०२६, मार्फत् आर्थिक वर्ष २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ जुन गत वर्ष २०२५ को ४.६ प्रतिशतभन्दा न्यून हो ।

नेपालका लागि एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक आनों कोश्वाले भनेका छन् ,’गत वर्षको नागरिक अशान्ति लगायत राजनीतिक अनिश्चितता एवं मध्यपूर्वमा जारी इन्द्रको प्रतिकूलताबीच आर्थिक वर्ष २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहनेछ। राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढाउनेछ । यद्यपि, खासगरी मध्यपूर्वमा जारी द्वन्दले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण आप्रवाहमा प्रतिकूल जोखिम कायमै देखिन्छ ।’

विद्यमान आघातहरू कम हुँदै जाँदा आन्तरिक माग, जलविद्युत् निर्यात र पर्यटनमा हुने सुधारले आर्थिक वर्ष २०२७ मा नेपालको जीडिपी वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। यो अनुमान मध्यपूर्वको द्वन्द्व छिट्टै समाधान हुने परिकल्पनामा मार्च १० मा तयार पारिए तापनि हालको परिस्थितिमा निरन्तर अवरोधको उच्च सम्भावना देखिएको छ।

उपभोक्ता मुद्रास्फिति आर्थिक वर्ष २०२६ मा ३.७ प्रतिशत र २०२७ मा ४.५ प्रतिशत रहने अनुमान छ। मध्यपूर्वको द्वन्द्वले गर्दा चालु खाता बचतमा केही संकुचन आउने र आर्थिक वर्ष २०२७ मा यो जीडिपीको ५.३ प्रतिशतमा सीमित हुने देखिन्छ। यो परिदृश्य पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव, विप्रेषणमा कमी, पुँजीगत बजेटको कमजोर कार्यान्वयन र जलवायुजन्य जोखिमहरू जस्ता तीव्र अनिश्चितताहरूमा आधारित छ। यसैबीच, एडिबीले एसिया तथा प्रशान्त क्षेत्रको दिगो र उत्थानशील विकासका लागि साझेदारहरूसँग मिलेर जटिल चुनौतीहरू समाधान गर्न काम गरिरहेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको