Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको ५ लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, १० : ०६ मा प्रकाशित

एशियन लाइफको ५ लाख कित्ता सेयर बिक्रीमा

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको करिब ५ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले ४ लाख ९७ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो । यसअनुसार कम्पनीले इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूलाई अबको ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ । आवेदन दिंदा फिट एन्ड प्रपर टेस्ट सम्बन्धी आवश्यक प्रमाणहरू समेत संलग्न गर्नु पर्नेछ ।

इच्छुक सेयरधनीहरूले काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । सेयरको बिक्री मूल्य भने विक्रेताले तोकेअनुसार रहने कम्पनीले जनाएको छ । तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ ।
 

69df13c9a0cec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको