Like us!
Follow us!
Connect us!
Watch us!

बाबुले नै गल्ती गरे पनि छाड्दिन - गृहमन्त्री गुरुङ

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १३ : ४२ मा प्रकाशित

बाबुले नै गल्ती गरे पनि छाड्दिन - गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने बताएका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटघाटका क्रममा दोषी जोकोही भए पनि नछाड्ने दृढता व्यक्त गरेका हुन्।

गुरुङले भने,‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन ।’

उनले 'भीआईपी' भनिएका व्यक्तिहरूलाई अदालतले उन्मुक्ति दिएकोमा भने कडा असन्तुष्टि पोखे। विशेषगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न आफू र सुरक्षा निकायका प्रमुखहरू रातभर खटिए पनि अदालतको आदेशले उहाँलाई छाडिएकोमा उनले असन्तुष्टि पोखे।

‘रातभर दुई आईजीपी म बसेर काम गर्‍यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेर गयो’, उनले भने ।

विभिन्न कानूनका कुराहरु आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैं कानून अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानूनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्’, उनले भने ।

अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको