राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि नौबुँदे कार्यसूची सार्वजनिक गरेका छन् । जसमा पार्टीको साङ्गठनिक सुदृढीकरण र आगामी चुनावी रणनीतिलाई प्राथमिकता दिइएको छ। बैठकको सुरुवात पार्टी गतिविधिबारे ब्रिफिङ र केन्द्रीय सदस्यहरूको रिपोर्टिङबाट हुनेछ ।
सो क्रममा २० जना सदस्यले दुई–दुई मिनेटका दरले आफ्नो धारणा प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।
बैठकका मुख्य एजेन्डाहरूमा केन्द्रीय पदाधिकारीहरूको मनोनयन, आगामी महाधिवेशनका लागि कार्यविधिको मस्यौदामाथि छलफल र पार्टी विधान संशोधन रहेका छन्। साथै, स्थानीय तहको निर्वाचनलाई लक्षित गरी 'उम्मेदवार क्लव' गठन गर्ने र विदेशमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिलाउने विषयमा पनि गम्भीर विमर्श हुनेछ। यसका अतिरिक्त, बैठकले सचिवालयका निर्णयहरू अनुमोदन गर्ने, विभिन्न विभागहरूलाई नीति निर्माणका लागि निर्देशन दिने र संसदीय दलको विधान संशोधनसहित विविध प्राविधिक विषयमा निर्णय लिने तयारी गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस