Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ व्यवस्था लागु भएपछिको पहिलो कारोबार दिन कस्तो रहला नेप्से ?

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १० : २५ मा प्रकाशित

नयाँ व्यवस्था लागु भएपछिको पहिलो कारोबार दिन कस्तो रहला नेप्से ?

नेप्सेमा आज देखि नयाँ व्यवस्था लागू भएको छ । नयाँ व्यवस्था लागू भए पछिको पहिलो कारोबार दिन बजार कस्तो रहला भन्ने आम चासो बढी रहेको छ । 

आजदेखि लगानीकर्तामैत्री र आधुनिक प्रणालीमा आधारित पाँच महत्वपूर्ण व्यवस्था लागू हुँदैछन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधन स्वीकृत भएसँगै यी सुधारहरू लागू भएका हुन् । नयाँ व्यवस्थाले बजारको कार्यशैलीमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ५.३६ अंकले बढेको सेयर बजार नयाँ व्यवस्था लागू भए पछि आज पहिलो कारोबार हुँदैछ । यसले बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ । तर, केही लगानीकर्ताले भने यसले बजारलाई सकारात्मकता ल्याउन नसक्ने बताएका छन् । 

आज देखि लागू हुने व्यवस्था 

आजदेखि लागू भएको नयाँ प्रणालीअन्तर्गत अब नियमित कारोबार समय (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) बाहेक पनि ‘आफ्टर मार्केट अर्डर’ राख्न सकिने छ । त्यसैगरी, दैनिक मूल्य परिवर्तनको सीमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । यसअघि १० प्रतिशतको सीमामा रहेको सेयर मूल्य अब बढी लचकताका साथ माग र आपूर्तिअनुसार निर्धारण हुने अपेक्षा गरिएको छ ।

कारोबारको क्रममा एकपटकमा हुने मूल्य परिवर्तनको दायरा पनि २ प्रतिशतबाट बढाएर ३ प्रतिशत कायम गरिएको छ । यसले मूल्य निर्धारण प्रक्रिया अझ छिटो र यथार्थपरक हुने विश्वास गरिएको छ ।  बजार खुल्नुअघि हुने प्रि–ओपन सेसनमा पनि महत्वपूर्ण परिवर्तन गरिएको छ। अब बिहान १०ः३० देखि १०ः४५ बजेसम्म हुने यस अवधिमा सेयर मूल्य ५ प्रतिशतसम्म तलमाथि हुन पाउनेछ, जसले सुरुवाती मूल्य निर्धारणलाई यथार्थ नजिक ल्याउने अपेक्षा गरिएको छ । 

यससँगै, समग्र बजारमा लागू हुने सर्किट ब्रेक प्रणालीमा पनि पुनर्संरचना गरिएको छ। नयाँ व्यवस्थाअनुसार बजार ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार स्थगन हुनेछ भने ८ प्रतिशतले घटबढ भएमा सो दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ। यसअघि रहेको बहु–चरणीय सर्किट प्रणाली अब प्रतिस्थापित भएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको