Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा १३ अंकको गिरावट, कारोबार ५ अर्बमा सिमित

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा १३ अंकको गिरावट, कारोबार ५ अर्बमा सिमित

सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक १३.१७ अंकले घटेको हो । 

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २८२५.२३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६५ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले घटेर ४७३.७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ४६ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ५ अर्ब भन्दा कमको कारोबार भएको छ ।

आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर १ लाख १६ हजार ३१० पटक खरिद बिक्री हुँदा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेको दिन चार कम्पनीका भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको