Like us!
Follow us!
Connect us!
Watch us!

स्नो रिभर्सको आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, १० : २२ मा प्रकाशित

स्नो रिभर्सको आईपीओ बाँडफाँड

स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतमध्ये स्थानीयका लागि छुट्याइएको ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरका ९ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो । 

प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको उक्त सेयर चैत ९ गतेदेखि २३ गतेसम्म बिक्री खुला गरिएको थियो । उक्त सेयरमध्ये आधा (४ लाख ६८ हजार ७५० कित्ता) ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का अति प्रभावित स्थानीयलाई र बाँकी आधा (४ लाख ६८ हजार ७५० कित्ता) अन्य प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको थियो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले वैशाख ७ गते सोमबार आईपीओ बाँडफाँड गरेको हो । बाँडफाँडमा सेयर नपरेका वा आंशिक परेको आवेदनकर्ताहरूको रकम वैशाख १० गते बिहीबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको