Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार लगातार दोस्रो दिन पनि गिरावट, ५ अर्ब ७७ करोड माथिको कारोबार

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, १५ : ०६ मा प्रकाशित

सेयर बजार लगातार दोस्रो दिन पनि गिरावट, ५ अर्ब ७७ करोड माथिको कारोबार

सेयर बजार लगातार दोस्रा दिन पनि घटेर कारोबार भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज १८.१० अंकले घटेर २८०७.१२ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०७ अंकले घटेर ४७०.६३ विन्दुमा पुगेको छ । आज सेयर बजार १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको बढेको छ । 

परिसूचक घटेको दिन ५ अर्ब ७७ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर ९५ हजार ८०० पटक खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको