Like us!
Follow us!
Connect us!
Watch us!

सोपान फर्मास्युटिकल्सको आईपीओमा कति पर्‍यो आवेदन ?

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, ०७ : ५७ मा प्रकाशित

सोपान फर्मास्युटिकल्सको आईपीओमा कति पर्‍यो आवेदन ?

सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्कासन गरेको आईपीओमा मागभन्दा ९.५७ गुणा बढीले आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेकोमा २९ लाख १४ हजार ४४३ जना आवेदकबाट कुल ३ करोड ३२ लाख ६७ हजार ५० कित्ताका लागि आवेदन परेको हो । 

वैशाख ३ गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओमा मागभन्दा उल्लेख्य बढी आवेदन परेसँगै अब धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट सेयर वितरण गरिनेछ । अन्तिम तथ्यांकका आधारमा कुल आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी करिब २५ लाख ६७ हजार आवेदकको हात खाली हुने देखिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको