नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
कम्पनीले इच्छुक र योग्य जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी सेयर लिलामीमा राखेको हो । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।
बोलपत्र आज वैशाख १० गतेदेखि वैशाख २४ गते बैंकिङ्ग समयभित्र पेश गरिसक्नु पर्नेछ। यस्तो बोलपत्र काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ भने सोही कार्यालयमा बुझाउन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस