Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको ६९ हजार कित्ता सस्थापक सेयर लिलामीमा

अर्थ संसार

विहीबार, १० बैशाख २०८३, ०८ : ०९ मा प्रकाशित

छिमेक लघुवित्तको ६९ हजार कित्ता सस्थापक सेयर लिलामीमा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले सबैले किन्न पाउने गरी सेयर लिलामीमा राखेको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।

बोलपत्र आज वैशाख १० गतेदेखि वैशाख २१ गते बैंकिङ्ग समयभित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा प्राप्त गर्न र बुझाउ सकिनेछ ।
 

69e9863933f8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको