Like us!
Follow us!
Connect us!
Watch us!

एपोलो हाइड्रोपावरको आईपीओ कहिले हुँन्छ बाँडफाँड ?

अर्थ संसार

विहीबार, १० बैशाख २०८३, १३ : २५ मा प्रकाशित

एपोलो हाइड्रोपावरको आईपीओ कहिले हुँन्छ बाँडफाँड ?

एपोलो हाइड्रोपावरको आईपीओ यहि शुक्रबार बैशाख ११ गते बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ शुक्रबार बाँडफाँड गर्ने गरी तयारी गरिरहेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा बढी आवेदन परेको छ । सिडिएसका अनुसार कम्पनीको आईपीओमा २८ लाख ७५ हजार ३७२ जनाले आवेदन दिएका हुन् । कम्पनीको आईपीओमा ३ करोड २७ लाख ३२ हजार ९३० कित्ता बराबरको ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा ७८ हजार जनाले मात्रै सेयर पाउनेछन् । २८ लाख बढीको हात खाली हुने निश्चित छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको