Like us!
Follow us!
Connect us!
Watch us!

सांसदको व्यवहारप्रति महावीर पुन आक्रामक, ‘माफी माग या जनताले फिर्ता बोलाऊ’

अर्थ संसार

शनिबार, १२ बैशाख २०८३, ०८ : ३० मा प्रकाशित

सांसदको व्यवहारप्रति महावीर पुन आक्रामक, ‘माफी माग या जनताले फिर्ता बोलाऊ’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुन ले एक भिडियो सार्वजनिक भएपछि सांसदको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

 भिडियोमा विश्वराज पोखरेल ले विद्यालयका प्रधानाध्यापक आफ्नो स्वागतका लागि गेटसम्म नआएको भन्दै असन्तुष्टि जनाएको देखिएको छ। सोही विषयलाई लिएर पुनले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएका हुन्।

पुनले सांसदको भूमिकाबारे प्रश्न उठाउँदै लेखेका छन्, “सांसद भनेको जनताको नोकर हो, उसले आफ्नो समय र क्षमता जनताको सेवामा लगाउनुपर्छ।” उनले स्वागत नगरेको विषयलाई लिएर सार्वजनिक रूपमा धाक र रवाफ देखाउनु अनुचित भएको टिप्पणी गरेका छन्।

उनले थप भनेका छन्, “यस्तो व्यवहार गर्ने व्यक्ति आफ्नो पार्टीमा भए तुरुन्त कारबाही गर्नुपर्ने थियो,” भन्दै या त माफी माग्नुपर्ने वा जनताले नै फिर्ता बोलाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको