Like us!
Follow us!
Connect us!
Watch us!

पक्राउको हल्लाबीच उद्योगको तस्बिर सार्वजनिक गर्दै गोल्छाले भने - ‘देशलाई आत्मनिर्भर बनाउने कदम’

अर्थ संसार

विहीबार, १० बैशाख २०८३, १७ : २० मा प्रकाशित

पक्राउको हल्लाबीच उद्योगको तस्बिर सार्वजनिक गर्दै गोल्छाले भने - ‘देशलाई आत्मनिर्भर बनाउने कदम’

आज बिहानै देखि शेखर गोल्छा पक्राउ परेको समाचारले सामाजिक सञ्जाल रंगियो । प्रहरीले समेत आधिकारी रुपमा जानकारी नभएको बताए पछि गोल्छा पक्राउ परेको विषय एकाएक भाइरल भयो । 

तर, गोल्छाले भने देवचुली, नवलपुरमा निर्माण भएको सर्वो औद्योगिक तथा अटोमोवाइल लुब्रिकेंट निर्माण केन्द्रले उत्पादन सुरु गरेको तस्बीर सार्वजनिक गर्दै यो देश आत्मनिर्भर बनाउने एक कदम भएको बताएका छन् । उनले समाजिक सञ्जालमा उद्योगको तस्विर राख्दै ‘विश्वास, साझा दृष्टिकोण, र गुणस्तर प्रति प्रतिबद्धतामा निर्मित इन्डियन आयल निगम र गोल्छा समूह बीचको बलियो साझेदारीको परिणाम हो यो । यो सुविधाले १५० जनालाई रोजगारी सिर्जना गर्ने र नेपाललाई अझ आत्मनिर्भर देश बनाउने एक कदम हो,’ उनले लेखेका छन् । 
 

69ea0515af041.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको