Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक कस्ता?

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, ०८ : २८ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक कस्ता?

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो । 

गत आवको चैत मसान्तसम्म २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३० करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो । कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धिका कारण नाफा बढ्न मद्दत पुगेको देखिन्छ । 

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८५ करोड ७७ लाख रुपैयाँबाट १८.१० प्रतिशतले बढेर १ अर्ब १ करोड ३० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ९३ करोड ९ लाख रुपैयाँबाट १७.९० प्रतिशतले बढेर १ अर्ब ९ करोड ७५ लाख रुपैयाँ नाघेको छ । आम्दानीमा वृद्धि भएको कारण सञ्चालन मुनाफा पनि ३५ करोड १४ लाख रुपैयाँबाट ४७.२१ प्रतिशतले बढेर ५१ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ४ करोड ९७ लाख रुपैयाँ ऋणात्मकबाट ११ करोड ४० लाख रुपैयाँ धनात्मक भएको छ ।

यता प्रतिसेयर आम्दानी (ईपीएस) २५.१२ रुपैयाँबाट ३० रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.४२ प्रतिशतबाट ४.९२ प्रतिशत पुगेको छ। बेसरेट १५.०१ प्रतिशतबाट १३.०३ प्रतिशतमा झर्दा प्रतिसेयर नेटवर्थ २९५ रुपैयाँ कायम भएको तथ्यांकले देखाएको छ । चुक्ता पूँजी १ अर्ब ५३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ८० करोड २३ लाख रुपैयाँ र शेयर प्रिमियम ६ करोड ८२ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्म आइपुग्दा कम्पनीले ग्राहकलाई १४ अर्ब ४१ करोड ३६ लाख रुपैयाँ कर्जा दिएर ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको