नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्रीले संविधानको मर्मविपरीत काम गरेको टिप्पणी गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषद्मा प्रधानमन्त्रीको एकल दबदबा नहोस् भनेर संविधानमै विशेष व्यवस्था गरिएको भए पनि प्रधानमन्त्रीले त्यसको पूर्ण रूपमा उल्लंघन गरेको आरोप लगाए।
उनले भने, ‘संवैधानिक परिषद्मा प्रधानमन्त्रीको दादा गरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ । सरकारका प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नका लागि संवैधानिक परिषद् बनाइएको छ भनेर लेखिएको छ । त्यसको कम्प्लेटली धज्जी उडाइएको छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस