Like us!
Follow us!
Connect us!
Watch us!

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, ०८ : ०३ मा प्रकाशित

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ । वैशाख २३ गत देखि २८ गतेससम्म आम सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड हुने भएको हो । 

बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीले वैशाख २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । 

कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ जना आवेदकले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन्। सोमध्येका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर पाउने छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको