पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गरिने, प्रविधिमैत्री कारोबार प्रणाली विकास गरिने तथा लगानीकर्ता संरक्षण संयन्त्रलाई थप सुदृढ बनाइने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था सार्वजनिक गरेका हुन्।
साथै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरी नयाँ प्रविधिको प्रयोग गरिने भएको छ। पुँजी बजारमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारले ‘शून्य सहनशीलता’ को नीति अपनाउने घोषणा पनि गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस