Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब रुपैयाँ सङ्कलन

अर्थ संसार

आइतबार, २४ जेठ २०८३, १० : ४५ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब रुपैयाँ सङ्कलन

जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।

कोषमा यही जेठ २० गतेसम्म १ खर्ब ११ अर्ब ७ करोड ५ लाख ८५ हजार रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ । त्यही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्य्त् तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ ।

कोषका चार वटा प्रस्ताव आएकामा दुई वटा प्रस्तावमाथि छलफल भइरहेको बताइएको छ । देशको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा संकलन भएको प्रस्तावलाई अगाडि बढाउन लागिएको छ । कोषमा जम्मा हुने रकम बैङ्क तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको बताइएको छ । 

आगामी आर्थिक वर्षको बजेटले विभिन्न कोषमा रहेको रकमलाई उपयोग गर्ने नीति अख्तियार गरेको छ । कोषमा अहिलेसम्म २३ हजार ४ सय ७६ रोजगारदाता र २९ लाख ५८ हजार ४ सय २९ योगदानकर्ता सूचीकृत भएका छन् । कोषले कुल दाबी भुक्तानी  २० अर्ब ४५ करोड २६ लाख १० हजार ७ सय ३८ गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम ३ अर्ब २३ करोड ५१ लाख २ हजार ९ सय ११ बराबर रहेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षातर्फ रकम २८ करोड ४४ लाख ३० हजार १ सय ८८, आश्रित परिवार सुरक्षा दाबी रकम ३४ करोड ९५ लाख ७३ हजार ३ सय ९८ र अवकाश दाबी रकम १६ करोड ५८ लाख ३५ लाख ४ हजार २ सय ४१ बराबर रहेको बताइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको