Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा विशेष छुट

अर्थ संसार

आइतबार, २४ जेठ २०८३, १० : ५२ मा प्रकाशित

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा विशेष छुट

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि., ग्वार्को–ललितपुरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु inpatient, outpatient, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ । विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ । बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको