Like us!
Follow us!
Connect us!
Watch us!

बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, १० : ०४ मा प्रकाशित

बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण

इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ । यसले मध्यपूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ । अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दाबी गरिएको छ ।

इरानी आक्रमणको केही घण्टाअघि इजरायलले बेरुतको दहियेह क्षेत्रमा रहेका हेजबुल्लाहलक्षित हवाई आक्रमण गरेको थियो । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दुई वटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने महिला र बालबालिकासहित २० जना घाइते भएका छन् । हेजबुल्लाहले इजरायली भूमितर्फ गोलीबारी गरेपछि त्यसको जवाफ स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ ।

हेजबुल्लाहले भने युद्धविरामको बारम्बार उल्लङ्घन गर्दै आएको इजरायलविरुद्ध जवाफी कारबाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेकाे बीबीसीले जनाएको छ । पछिल्ला घटनाले इजरायल, इरान र हेजबुल्लाहबीचको द्वन्द्व थप फैलिने चिन्ता बढेको छ । विश्लेषकहरूका अनुसार बेरुतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्धविराम कमजोर बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको