Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान

अर्थ संसार

बुधबार, २७ जेठ २०८३, ०७ : ५९ मा प्रकाशित

एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पोर्चुगल अन्तर्गत रहेको एसोसियासाओ दे नेपालीसेस रेसिडेन्टेस एम पोर्चुगल (एनआरएनपी) ले विभिन्न शीर्षकमा सङ्कलन गरिएको रकमको हिसाब–किताब व्यवस्थित तथा पारदर्शी बनाउन सबै सरोकारवाला पक्षसँग सहयोगको अपिल गरेको छ ।

संस्थाले जारी गरेको सूचनामा १२ जुन २०२६ भित्र संस्थाको नाममा रसिद जारी गरी संकलन गरिएको सम्पूर्ण रकम सम्बन्धित विवरणसहित संस्थाको बैंक खातामा जम्मा गर्न सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गरिएको छ ।

हालसम्म बैंकमा जम्मा भएका तथा जम्मा हुन बाँकी रहेका सबै रकमको विस्तृत विवरण सार्वजनिक गरी नेपाली समुदायसमक्ष पारदर्शी रूपमा प्रस्तुत गरिने संस्थाले जनाएको छ । साथै, प्राप्त विवरण र संस्थाको आर्थिक अवस्थाबारे यथार्थ छानबिन सम्पन्न भएपछि आवश्यक संस्थागत निर्णयहरू अघि बढाइने पनि उल्लेख गरिएको छ । संस्थाले आर्थिक पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्राथमिकतामा राख्दै सबै पक्षबाट सहयोग, जिम्मेवारीबोध र पारदर्शिताप्रतिको प्रतिबद्धताको अपेक्षा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको