Like us!
Follow us!
Connect us!
Watch us!

संसदबाट कानुन बन्न समय लाग्छ, ‘सनसेट ल’ अध्यादेश मार्फत ल्याएर छिटो गर्नु पर्छ - अध्यक्ष कार्की

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, १२ : ३९ मा प्रकाशित

संसदबाट कानुन बन्न समय लाग्छ, ‘सनसेट ल’ अध्यादेश मार्फत ल्याएर छिटो गर्नु पर्छ - अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल  (इप्पान) का अध्यक्ष गणेश कार्कीले संसदबाट कानुन बन्न समय लाग्ने भएकाले ‘सनसेट ल’ अध्यादेश मार्फत ल्याउनु पर्ने बताएका छन् । इप्पानको २४ औँ बार्षिक साधारणसभामा उनले संसदबाट नियमित रुपमा ल्याउँदा डेढ २ बर्ष लाग्ने भन्दै अध्यादेश माफर्त ल्याउन आग्रह गरेका हुन् ।

उनले सरकारलाई १८० दिन भित्रै पीपीएको काा सक्मन आग्रह गरे ।  ऊर्जा उद्यमीहरुले लामो समय देखि आरसीओडी, हाईड्रो पेनाल्टीको बिषय उठाउँदै आएको र राज्य नसुनेको उनको गुनासो छ । कार्यक्रममा अध्यक्ष कार्कीले धितोपत्र बोर्डमा धेरै काम रोकिने र बोर्डले तालुकदार मन्त्रालयसँग कतिपय काम समन्वय गर्न भनेका कारण यसमा पनि ध्यान दिन आग्रह गरे ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको