ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीतिगत सुधार गर्न तयार रहेको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको भनाइ छ । उनले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को इप्पानको २४ औं साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्दै यस्तो बताएका हुन् ।
‘नीतिगत तहमा केही सुधार गर्नु पर्ने भए हामीलाई सम्झाउनु होला । ऊर्जा क्षेत्रको विषयमा समस्या भएको हामीलाई भन्नु होला । हामी छलफल गरेर सम्बन्धित निकायलाई निर्देशन समते दिन सक्छौं,’ उनले भने ।
नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्रि ल्याएको बताउँदै गजुरेलले आगामी नीतिहरु थप निजी क्षेत्रमैत्री बनाउने पनि बताए। ‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौं। हाम्रो लिएको नीति पुरा गर्न निजी क्षेत्रको आवश्यकता रहन्छ। हामी अझै निजी क्षेत्रमैत्री हुन्छौं।’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस