Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिरिन के-के गर्नुपर्छ ?

अर्थ संसार

सोमबार, ०८ असार २०८३, १३ : ५९ मा प्रकाशित

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिरिन के-के गर्नुपर्छ ?

नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर निस्किन फेरि पनि असफल भयाे । फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा निरन्तरता दिएको हो ।

एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ । एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गर्ने गर्छ ।

सन् २०२५ को फेब्रुअरीबाट  नेपाललाई एफएटीएफले खैरो सुचीमा राख्दै सो खैरो सूचीबाट निश्कन  वित्तीय प्रणाली सुधारका लागि १५ सुचक  दिएको थियो । २०२६ जुनमा भएको  समीक्षा बैठकको  प्रतिवेदन अनुसार नेपालले प्राविधिक तथा कानुनी पक्षका ९ वटा सुचकमा   सुधार गरेको उल्लेख  छ ।  यसका अलावा बाँकी छ सुचक  अपराध नियन्त्रण र त्यसको वास्तविक कार्यान्वयनका  लागि  महत्वपूर्ण मानिएका थप  ६ बिषयमा नेपाललले  अझ प्रगति गर्न बाँकी रहेको फाइनान्सियल एक्सन टास्क फोर्स को रिपोर्टमा उल्लेख रहेको छ ।

ग्रे लिस्टबाट बाहिरन गर्नुपर्ने कामहरू 

-Money Laundering र Terrorist Financing जोखिमको बुझाई सुधार गर्नुपर्नेछ ।

-वाणिज्य बैंक, सहकारी, क्यासिनो, सुनचाँदी तथा रियल इस्टेट क्षेत्रमा जोखिममा आधारित सुपरिवेक्षण सुधार गर्नुपर्नेछ ।

-वित्तीय समावेशितालाई असर नपार्ने गरी अवैध हुन्डी/Money or Value Transfer Services प्रदायकहरूलाई पहिचान गरी कारबाही गर्नुपर्नेछ ।

-सम्पत्ति सुद्धीकरण अनुसन्धान गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउनुपर्नेछ ।

-सम्पत्ति सुद्धीकरण अनुसन्धान र मुद्दा दर्ता बढाउनुपर्नेछ ।

-अपराधबाट प्राप्त सम्पत्ति पहिचान, रोक्का, जफत र कब्जा गर्न प्रभावकारी उपायहरू अपनाउनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको