Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप लिग २ : अंकतालिकामा सुधार गर्ने लक्ष्यमा नेपाल, नेदरल्याण्ड्समा नामिबियासँग खेल्दै

अर्थ संसार

मंगलबार, ०५ साउन २०८३, १२ : ०३ मा प्रकाशित

विश्वकप लिग २ : अंकतालिकामा सुधार गर्ने लक्ष्यमा नेपाल, नेदरल्याण्ड्समा नामिबियासँग खेल्दै

आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपालले आज मंगलबार नामिबियासँग खेल्दैछ । नेदरल्याण्ड्सको उट्रेक्टमा हुन लागेको लिग टू अन्तर्गतको खेलमा नेपाल जित निकाल्दै अंक तालिकामा सुधारको लक्ष्यमा हुनेछ ।

खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । प्रतियोगिताको तयारीका लागि नेपालले जर्सीसँग दुुई म्याचको एकदिवसिय सिरिज खेलेको थियो । दुवै खेलमा नेपालले जित निकालेको थियो ।

सोही लयलाई डिभिजन दुईमा निरन्तरता दिने लक्ष्यमा नेपाल हुनेछ । नेपाल २४ अंक सहित तालिकाको पाँचौं र नोमिबिया २२ अंक सहित तालिकाको सातौं स्थानमा छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको