Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री वाग्लेको टिप्पणी : 'प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा जस्तो धेरै सल्लाहकार राखेको छैन'

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, १३ : ४२ मा प्रकाशित

अर्थमन्त्री वाग्लेको टिप्पणी : 'प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा जस्तो धेरै सल्लाहकार राखेको छैन'

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरूमा अनावश्यक रूपमा सल्लाहकारको ठूलो फौज राख्ने प्रवृत्तिको कडा आलोचना गरेका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले राज्यको ढुकुटीमाथि अतिरिक्त व्ययभार थप्ने गरी भइरहेका नियुक्तिहरूप्रति असन्तुष्टि व्यक्त गरे। बैठकमा व्यङ्ग्यात्मक टिप्पणी गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जनासम्म सल्लाहकार रहेको उल्लेख गरे।

उनले आफूले भने मन्त्रालयमा कार्यक्षमतालाई प्रभावकारी बनाउन केवल एक जना मात्र सल्लाहकार नियुक्त गरेको जानकारी दिए।

अर्थमन्त्री वाग्लेले भने, ‘तपाईंहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ । तर मैले केवल एकजना अवैतनिक राजश्व सल्लाहकार मात्र राखेको छु । भनेपछि यो राजश्वको विषयलाई मैले कति महत्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला ।’

सरकारले सांसदहरूलाई स्वकीय सचिव दिने तयारी गरेसँगै यसको सर्वत्र विरोध भइरहेको छ । मुलुकको दुर्गम क्षेत्रमा सामान्य औषधोपचारको समेत अभाव रहेका बेला सांसदहरूका लागि स्वकीय सचिवको सङ्ख्या बढाउनु नीतिगत रूपमा गलत भएको भन्दै ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ ले बिरोध प्रदर्शन नै गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको