अर्थ संसार, काठमाडौं– राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दैआएका अधिकांश उद्योगहरूलेअम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउनेगरको पाइएको छ ।
केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमुना परीक्षण गरकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरको प्रतिवेदनल ेऔंल्याएको हो ।
राजधानीमा ३० वटा दुग्ध प्रशोधन उद्योगलेपाउचमा दूध बिक्री गर्दै आएका छन्। यीमध्ये २५ वटा उद्योगका ४२ वटा ब्रान्डका नमुना सोमबार कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनाल नेतृत्वको टोलीले संकलन गरकोे थियो।
मन्त्रालय मातहतको बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडा (सोडियम बाइकार्बोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कार्बोनेट) गरी तीन किसिमका रसायन (क्षार) मिसाएको औंल्याएकोछ ।
सोडा मिसावट गर्ने उद्योगहरूमा दुग्ध विकास संस्थान (डीडीसी) बालाजु, चौधरी डेलिसियस, काठमाडौं, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जय श्रीकृष्ण डेरी काभ्रे, भक्तपुर डेरी भक्तपुर, हिमालय डेरी प्रोडक्ट लगनखेल र जगदम्बा डेरी फुड एन्ड बेभरज भक्तपुर
छन्।
यस्तै, खरिपाटी डेरी भक्तपुर, एचडी मिल्क एन्ड बेभरज, काठमाडौं, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेस/सैजु डेरी भक्तपुर, नवप्रभात डेरी, ललितपुर (गोदावरी), नेपाल डेरी (एन्डिज) धापाखेल, नोभा/कन्ट्री फुड प्रालि भक्तपुर र राजधानी डेरी काठमाडौंलेपनि सोडा मिसाएकोनमुना परीक्षणमा देखिएकोहो।
सफल/सुजल डेरी थानकोट, सञ्जीवनी डेरी उद्योग भक्तपुर, शिवम् डेरी भक्तपुर, सीताराम डेरी कीर्तिपुर, सामूहिक कृषि डेरी बालाजु, हिमालयन डेरी प्रडक्ट्स लगनखेल, तुलसा डेरी काठमाडौं र संयुक्त डेरी पाटनका दूधमा पनि सोडा भेटिएकोप्रतिवेदनमा उल्लेख छ ।
यी डेरीले चिया दूध, गाईको दूध पूर क्रिमयुक्त (बाक्लोै ) लगायत नाममा दूध उत्पादन गर्दै आएका छन्। नमुना परीक्षण गरिएकामध्ये बालाजुकोआधुनिक डेरीको उत्पादनमा भनेसोडा फेला नपरको प्रयोगशालाले जनाएकोछ ।
संकलित नमुनामा सूक्ष्म
जैविक परीक्षण पूरा हुन
७२ घण्टा लाग्ने भएकाले
अझैजारी छ
त्यसैगरी, कीर्तिपुरकोसीताराम डेरीबाट शनिबार लिइएकोनमुनामा सोडा नभेटिए पनि आइतबार सोही डेरीकोकृष्ण ब्रान्डकोनमुना परीक्षणमा भनेमिसावट देखिएको छ ।
परीक्षणमा १७ वटा नमुनामा चिल्लो पदार्थ (फ्याट) को मात्रा घटाइएको, नौवटामा ठोस वस्तु (सोलिड नट फ्याट) को कमी र ४० वटामा सोडा पाइएको हो। यी दूधमा सूक्ष्म जैविक परीक्षण भने जारी छ । त्यसका लागि कम्तीमा ७२ घण्टा लाग्ने प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए ।
मन्त्री खनालले सोमबार बालाजुका ४ वटा डेरी डीडीसी, आधुनिक डेरी, पुष्प डेरी र सामूहिक कृषक डेरी उद्योगमा छापा मार्दा त्यहाँको अवस्था सन्तोषजनक नरहेकोप्रवक्ता कार्कीले जनाए । ती डेरीलाई खाद्य ऐनअनुसार कारबाही गरिएकोजानकारी उनलेदिए ।
मन्त्रालयले दूधको स्वच्छता एवं गुणस्तरलगायत दीर्घकालीन सुधारका लागि उत्पादन, संकलन, चिस्यान, ढुवानी, प्रशोधन र बिक्रीवितरणमा असल उत्पादन अभ्यास (गुड म्यानिफ्याक्चरिङ प्राक्टिस, जीएमपी) का सिद्धान्तका आधारमा नयाँ कार्यविधि, मापदण्ड निर्माण भइरहेको जनाएको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी दुग्ध उद्योगलगायत अन्य खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम राख्न अनुगमन कार्यलाई अभियानका रूपमा सञ्चालन गरिएकोमन्त्रालयले उल्लेख गरको छ । कान्तिपुरबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस