Like us!
Follow us!
Connect us!
Watch us!

खुल्यो शेयर बजार , १३ कम्पनीको कारोबार बन्द

कृष्ण भट्टराई

आइतबार, ०४ कार्तिक २०७५, ११ : १९ मा प्रकाशित

खुल्यो शेयर बजार , १३ कम्पनीको कारोबार बन्द

अर्थ संसार, काठमाडौं - शेयर बजार आजबाट खुलेको छ । हिन्दुहरुको महान चाड दशैं बिदा को कारण असोज ३० गतेदेखि शेयर बजार बन्द थियो ।

बजार खोलिए सङ्गै नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचिकरण भएका १३ कम्पनीहरुको कात्तिक ४ गतेदेखि कारोबार रोक्का भएको छ । यी कम्पनीहरुले नविकरण शूल्क नबुझाएका कारण नेप्सेले कारोबार रोक्का गरेको हो ।

कारोबार बन्द हुने कम्पनीहरुमा मिथिला लघुवित्त, वेष्ट फाइनान्स, कन्चन डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स, सुमिट माइक्रोफाइनान्स, माहुली सामुदायिक लघुवित्त, कालिका लघुवित्त, सिभिल लघुवित्त, मल्टिपर्पोज फाइनान्स कम्पनी, पूर्णिमा विकास बैंक, नेपाल कम्प्युनिटी डेभलपमेन्ट बैंक, मितरी डेभलपमेन्ट बैंक र कर्पोरट डेभलपमेन्ट बैंक रहेका छन् ।

नेप्सेले धितोपत्र कारोबार नियमावली, २०५० बमोजिम सूचिकरण नविकरण शुल्क असोज मसान्तभित्र बुझाउन यसअघि नै कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको