आजको विकासित र समृद्ध कतारमा लाखौ नेपाली छोराहरुको पाखुराको तागत, सीप र पसिनाका एक एक थोपाहरु सिंचिएका छ्न।
आफ्नो विकास र समृद्धिको निम्ति मानव स्रोतको रुपमा कतारले नेपाली युवा शक्तीलाइ पहिलो रोजाइमा पारेको छ। र अहिले कतारमा सबैभन्दा बढी नेपाली युवाहरुनै काम गरीरहेका छ्न ।
गाउँमा खरका छाना फेरीएर जस्ता त टल्किएका छ्न, वुवा आमा छोराछोरीको शरीरमा झुत्रा लुगा फेरीएर नयाँ र रंगिन लुगाहरु टल्किएका छ्न, श्रीमतिको गलामा सुनको शिक्री त टल्किएको छ, छोराछोरी टलक्क टल्किने भवन भएका बोर्डिङहरुमा टल्किने टाइ लगाएर पढेका छ।
सन २०२६ को विश्वकप अमेरीका सहित तीन देशले आयोजना गर्ने तयारी गर्दै गर्दा सन २०२२ को विश्वकप भने कतारले एक्लै आयोजना गर्ने हिम्मत गर्यो ।
कतारको त्यस्तो आत्मविश्वासको पछाडी एक मात्र कारण थियो त नेपाली युवाहरुको श्रम शक्ति र दृढता । नेपाली सपुतहरुकै आडमा आज कतारको कायापलट भएको छ, उसले विश्वकप आयोजनाको हिम्मत गरेको छ, विश्वका धेरै देशको सिमा सुरक्षित भएको छ, धेरै देशको सार्वभौमिकता रक्षा भएको छ।सुडान देखि कंगोसम्म, जम्बुदेखि जाकार्तसम्म नेपाली युवा शक्तीको अदम्य साहस सजिएको छ।
त्यसको सट्टा गाउँमा खरका छाना फेरीएर जस्ता त टल्किएका छ्न, वुवा आमा छोराछोरीको शरीरमा झुत्रा लुगा फेरीएर नयाँ र रंगिन लुगाहरु टल्किएका छ्न, श्रीमतिको गलामा सुनको शिक्री त टल्किएको छ, छोराछोरी टलक्क टल्किने भवन भएका बोर्डिङहरुमा टल्किने टाइ लगाएर पढेका छ।
तर, विडम्बना आफ्नो परीवारमा यति धेरै परीबर्तन आउँदा पनि त्यो युवाको मन भने टल्किन सकेको छैन, किनकी आज उसको रगत र पसिनाले कतार टल्काएर फर्किदा घरमा जस्ता त टल्कियो तर उसलाइ आफ्नो देश टल्काउन नपाउदाको पीडा छ।
आफ्नी श्रमितिको गलामा सुनको शिक्री टल्किदै गर्दा त्यो गैरी खेलमा लटरम्म लाबे धान टल्काउन नपाउदाको पीडा छ, आफ्ना छोराछोरीले टलक्क टल्किने भवन भएको बोर्डिङमा पढदा त्यो डाँडामा रहेको कालिका प्राथमिक विद्यालय फिक्का भएको पीडा छ, आफ्नो घरमा चामलका रंगिन बोराहरु टल्किदा बतासिमा टल्किने मकैका घुगा राख्न नपाउदाको पीडा छ।
किनकी उसलाइ थाह छ कि उसको यो समृद्धि क्षणिक हो, त्यसैले त उसलाइ पाखुरा कमजोर भएर टाउकोमा फुलेको कपाल टल्किने बेलामा के गर्ने भन्ने पीडा छ। किनकी उ अहिले देश समृद्ध नभएको पिडामा छ।
ग्लोबलाइजेशनमा श्रम सीप र प्रविधिको अन्तरदेशिय व्यापार हुनु स्वभाविक भएपनी जुन रुपमा नेपाली युवाहरु पलायन हुनुपरेको छ यो निकै पिडादायी र खतरापूर्ण छ।
यसले देशलार्इ क्षणिक लाभ दिए पनि अन्त्वगत्वा त्यो अभिशाप बन्नेछ। त्यसकारण नेतृत्व यसमा गम्भीर बनोस। देशमा समृद्धिको रेल ल्याउनु भन्दा पहिले आँसु बगाउदै अन्तर्राष्ट्रिय विमानस्तलबाट बाहिरिने वहादुर युवाहरुको भेल रोक्नुहोस।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस