हाम्रो देश नेपालमा विगत केही वर्षदेखि विदेशी पर्यटकहरुको संख्या र उनीहरुको गतिविधिहरु बढी रहेको देखिन्छ । जुन कुरो हामी नेपालीहरुका लागि राम्रो हो भन्न सकिन्छ किनभने, नेपालमा विदेशी पर्यटकहरुको आगमन संख्यासँगै उनीहरुले गर्ने गतिविधिले आर्थिक गतिविधि पनि बछ ।
त्यसको मतलब पर्यटनको माध्यमबाट हामी नेपालीहरुको आमदानीको स्रोत बढ्नु पनि हो । यसरी नेपाल आउने पर्यटकको संख्या बढे सँगसँगै नेपालमा विदेशी र स्वदेशीहरुले होटल उद्योगममा लगानी पनि बढाएका छन् । जस्तो केही दिनअघि एक दैनिक पत्रिकामा आएको समाचारअनुसार नेपालमा तारे होटेलको संख्या मात्रै १ सय ३६ वटा पुगेको छ ।
त्यस मध्ये केही होटल अन्तर्राष्ट्रिय चेन होटल छन् । अर्थात् विदेशका विभिन्न स्थानमा खुलेका ठूला र स्तरीय तारे होटेलको शाखाको रुपमा नेपालमा स्थापित भएका छन् । त्यसरी नेपालमा बन्दै गरेका वा खुलेका विदेशी तारे होटलहरु मध्ये अन्र्ताराष्ट्रिय चेन होटलको शाखाको रुपमा होटल मेरियट नेपालमा पूर्ण रुपमा तयार भएर सञ्चालनमा आएको भनी विभिनन समाचारमाध्यमा आएको छ ।
विश्वमा होटल वा लज किन चाहिन्छ ? भन्दा कुनै पनि मान्छे निश्चित उदेश्य नलिएर मनोरञ्जन गर्न बिदा मनाउन र घुमफिर गर्नका लागि एक दिनदेखि लिएर हप्ता दिन, महिना दिन, ३ महिना, ६ महिनाभन्दा बढी समय पनि बिदा मनाउने उदेश्यले घुमफिर गर्न सक्छ । नाफा आर्जन गर्ने वा भनौं कमाउने उदेश्य नलिएर पर्यटकीय उदेश्यले घुमफिर गर्नेहरुले अस्थाई रुपमा रात वा दिन बिताउने मान्छेहरुलाई भने सामान्य अर्थमा ‘पर्यटक’ भन्ने गरिन्छ ।
तर, व्यवस्था भएको ठाऊँलाई नै ‘होटल/लज/गेस्ट हाउस’ भन्ने गरिएको छ । यसरी खोलिएको वा सञ्चालनमा ल्याइएको होटल, लज, गेस्ट हाउस, कटेज, होमस्टे, होस्टेल, मोटेल आदिमा भने, राजनीतिक दलको सम्मेलन, व्यापारीहरुको सम्मेलन, विद्यार्थीहरुको सम्मेलन, मजदुरहरुको सम्मेलन, सेना, प्रहरी लगायतको भेला आदिमा आउने जानेहरु पनि बस्छन् ।
नेपालमा पनि धेरै ढीला गरी सन् १९६० को दशकमा आधुनिक खालको ‘तारे होटल’को सुरुवात भएको इतिहास पाइन्छ । तर, नेपालमा आधुनिक खालको ‘तारे होटल’को सुरुवात भने विदेशी नागरिकले गरेका थिए । यसरी नेपालमा आधुनिक खालको ‘तारे होटल’को सुरुवात विदेशी नागरिकले गरेको भए तापनि अस्थाई (मौसमी रुपमा छाप्रे) होटल सुरु गर्ने समुदाय थकाली हुन भन्ने गरिएको छ ।
जे होस्, आजभोलि मानिस केही दिनका लागि कही कतै घुम्न जाँदा वा बिदा मनाउन जाँदा सामान्य रुपमा खानपिन गर्ने र रात वा दिन बिताउनका लागि मात्रै नभएर कुनै पनि देशको कुनै धार्मिक तीर्थस्थल घुम्न, सभा–सेमिनारमा भाग लिन, औषधी उपचार गर्न, योग–ध्यान गर्न आदिका लागि पनि अस्थाई रुपमा बस्नका लागि होटल÷लज÷गेस्ट हाउसको आवश्क्तता पर्ने गर्छ ।
माथि नै उल्लेख गरियो कि, नेपालमा आधुनिक होटल सुरु गर्ने श्रेयचाहिँ विदेशी नागरिकलाई जान्छ । तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले त्यो बेला ‘बहादुर भवन’ भनेर चिनिने हालको निर्वाचन आयोगको कार्यलय रहेको भवनलाई नै डेन्टिङ/पेन्टिङ गरेर र, साजसज्जाका सरसामान थपेर होटलको रुप दिएका थिए ।
उनले होटलको नाम राखेका थिए –‘रोयल प्यालेस होटल ।’ हुन त टेक बी. कार्कीले संकलन गरेको ‘केही विदेशी पुस्तकमा नेपाल र नेपाली’ नामक किताबमा त्यो बेला काठमाण्डौमा ‘रोयल प्यालेस होटल र ‘स्नो भ्यु होटल’मात्रै भएको उल्लेख छ । त्यसपछि विस्तारै नेपालमा शंकर, अन्नपूर्ण, याक एण्ड यती, सोल्टी, शेर्पा, साङ्ग्रिला, काठमाण्डौ, मल्ल, हिमालयन, एभरेस्ट, एम्बेसेडर, समिट, नारायणी ब्लु बर्ड, वुडल्यान्ड लगायतका तारे होटलहरु खुले ।
टेक बी. कार्कीले लेखेको माथि उल्लेखित किताबमा उल्लेख भए अनुसार काठमाण्डौको ठमेल (झोछेँ) मा पनि त्यो बेला क्याम्प, जीसी लगायतका काम चलाऊ खालका सामान्य होटलहरु खुलीसकेको थियो । किताबमा उल्लेख भए अनुसार ती होटलमा धनी हिप्पीहरु प्रत्येक रातको तीन रुपैँया तिरेर बस्थे भने सर्वसाधारण हिप्पीहरु प्रत्येक रातको एक रुपैँया पचास पैसा तिरेर बस्थे ।
त्यति पनि तिर्न नसक्ने हिप्पीहरु ठूलो कोठा लिएर छ÷सातजना मिलेर एउटै कोठामा बस्थे ! हुन पनि त्यो बेला नेपालमा सार्वजनिक रुपमा गाँजा–भाङ खान स्वतन्त्रता भएकोले गाँजा–भाङ खानकै लागि पनि नेपाल आउने गँजडी हिप्पीहरुको धुइरो नै लाग्थ्यो ! कतिसम्म भने जो हिप्पीहरु प्रत्येक रातको एक रुपैँया पचास पैसा तिरेर बस्न वा धेरैजना मिलेर ठूलो कोठा लिएर (छ/सातजना) एउटै कोठामा बस्न समेत सक्दैनथे, ती हिप्पीहरु सार्वजनिक पाटी, पौवा, सत्तल, मन्दिर आदि ठाऊँमा समेत रात बिताउँथे भन्ने ठमेल क्षेत्रका पूराना मान्छेहरुको भनाई छ ।
जे भए पनि हाल हायात रिजेन्सी, र्याडिसन लगायत दर्जनौं ठूला साना तारे होटलहरु थपिएका छन्/थपिने क्रममा छन् भने काठमाण्डौको होटल एभरेस्ट र पोखराको फुलबारी रिसोर्ट लामो समयदेखि बन्द अवस्थामा छ । यसरी नेपालमा ठूला साना (स्टार/ननस्टार) तारे होटलहरु थपिने क्रममा विदेशी चेन होटलहरुले पनि नेपालमा आफ्नो शाखा होटल खोल्न थालेका छन् भन्ने त माथि नै उल्लेख गरियो ।
नेपाल घुम्न आउने विदेशी पर्यटकलाई लक्षित गरेर यसरी ठूला तारे होटलदेखि लिएर ससाना होटल/लज/गेस्ट हाउस खोल्ने क्रम केवल काठमाण्डौमा मात्रै केन्द्रीत नभएर आजभोलि आन्तरिक तथा विदेशी पर्यटकहरु आउने संभावना भएका भद्रपुर, बिराटनगर, बिर्तामोड, काकडीभित्ता, इटहरी, धरान, गाईघाट, कटारी, फिदिम, ताप्लेजुङ÷फुङलिङ, हिले, बसन्तपुर, तुम्लिङटार, खाँदबारी, भेडेटार, गुफापोखरी, तेह्रथुम/मेयोङ लुङ, लुक्ला, नाम्चेबजार, जिरी, गोदावरी, धुलीखेल, नगरकोट, चन्द्रागिरी, लाङटाङ, पोखरा र यसका आसपास, घान्दु्रक, छोमरोङ, पञ्चासे, घोरेपानी, ल्हो–मन्थाङ, जोमसोम, मनाङ, जुम्ला, अपीसैपाल, रारा, हुम्ला, चितवनको नारायणगढ र सौराहा क्षेत्र (विशेषतः चितवन राष्ट्रिय निकुञ्ज वरिपरि), कोशीटप्पु, जनकपुर, गुलरिया, अत्तरिया, वीरगञ्ज, सिमरा, वीरेन्द्रनगर, सुर्खेत, दिपायल, असीग्राम, साँफेबगर, महेन्द्रनगर (भीमदत्त नगरपालिका), नेपालगञ्ज, लुम्बिनी, भैरहवा लगायत देशैभरका पर्यटकीय तथा सहरोन्खुम क्षेत्र/ठाऊँमा पनि स्तरीय तारे होटल र ससाना होटलहरु खुल्ने क्रमम जारी छ ।
खासगरी देश संघीयतामा गएपछि विभिन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका बने÷घोषणा भए । त्यपछि हरेक जिल्लाका साविकका तीनदेखि ७÷९ वटासम्म गाविसहरुलाई मिलाएर/गाभेर गाऊँपालिका घोषणा गरिएकोले सर्वसाधारण जनता काम विशेषले गाउँपालिकाको केन्द्रमा आउँदा बस्न÷खानका लागि व्यवस्था नहुने भएकोले त्यस्ता ग्राहकहरुलाई लक्षित गरेर पनि देशैभरी ससाना होटलहरु खुल्ने क्रम बढेको देखिन्छ । भनिन्छ कि, यसरी नेपालको कुनाकाप्चामा होटल/लज खोल्ने क्रममा लगानीकर्ताहरुले ८ देखि १० खर्ब रुपैंयाभन्दा बढी रकम लगानी गरीसकेका छन् ।
नेपाल सरकारले केही वर्षअघि मात्रै होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा वर्गीकृत गरेको भए तापनि अभैm पनि सरकारले होटल उद्योगीहरुलाई सोही अनुसारको व्यवहार र सहुलियत दिएको छैन भन्ने होटलमा लगानी गर्ने लगानीकर्ताहरुको गुनासो रहने गरेको छ ।
वास्तवमा होटल मात्रै एक यस्तो उद्योग हो जसलाई विश्वमै ‘धूवाँरहति उद्योग’ भनेर पनि चिनिन्छ । त्यसैले समग्र पर्यटन उद्योगलाई अगाडि बढाउनका लागि पनि नेपाल सरकारले होटल उद्योग सम्बन्धी मूल कानुन, ऐन, नियम, विनियम, कार्यादेश आदि समयसापेक्ष, छिटो–छरितो र होटल उद्योगी–व्यवसायीहरुको अनुकूल र मैत्रीपूर्ण हुने गरी संशोधन हुनु जरुरी देखिन्छ ।
[email protected]
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस