मंगलबारको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टाको अवधिमा परिसूचक ९.९० अंकले घटेर कारोबार भइरहेको छ । आजको कारोबार जारी रहँदा ९.९० अंकले घटेर परिसूचक २५१८.२६ विन्दुमा पुगेको हो ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.७८ अंकले घटेर ४३८.१६ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६० कम्पनीको सेयर मूल्य बढेको छ । १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा ५२ करोड माथिको मात्रै कारोबार भएको छ । एक घण्टाको कारोबार जारी रहँदा ११ लाख १९ हजार ९३९ कित्ता सेयर खरिद बिक्री हुँदा ५२ करोड ९९ लाख ९१ हजार ७२५ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस