Like us!
Follow us!
Connect us!
Watch us!

‘मेगा रेमीट’ अब अष्ट्रेलियाबाट

मंगलबार, १९ चैत्र २०७५, १० : ५६ मा प्रकाशित

‘मेगा रेमीट’ अब अष्ट्रेलियाबाट

अर्थ संसार, काठमाडा– मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ ।

अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको हो ।

यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमीट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा यो सेवाले गैरआवासीय नेपाली र विद्यार्थीहरुलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ । मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा अष्ट्रेलियाबाट पनि सेवा प्रारम्भ गरेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको