Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३.६८ अंकको गिरावट हुँदा कारोबार रकममा कति ?

बुधबार, २५ बैशाख २०७६, १५ : १६ मा प्रकाशित

नेप्सेमा ३.६८ अंकको गिरावट हुँदा कारोबार रकममा कति ?

यस्तो छ आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं–  पुँजी बजारमा (आज) बुधबार सामान्य अंकले गिरावट  आएको छ ।

बजार ३.६८ अंकले बढ्दा १२९७.६० विन्दुमा आइपुगेको छ। कूल १७६ वटा कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर खरिदविक्री हुँदा ५० करोड ७९ लाख ३४ हजार ९१९ रुपैयाँको कारोबार भएको छ ।  क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.१७ अंकले घटेको छ ।

घटेको बजारमा व्यापार २.७ अंक, उत्पादन ६९.२२ अंक र अन्य ३.५८ अंकले बढेको छ । यता, बैकिङ्ग ५.८३ अंक, होटल ३२.९९ अंक, डेभलपमेन्ट बैंक ७.४१ अंक, जलविद्युत १७.२ अंक, फाइनान्स १.८१ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स १४.६५ अंक, माइक्रोफाइनान्स ४.९५ अंक र लाइफ इन्स्योरेनस ०.१८ अंकले घटेको छ ।

आज हिमालयन डिष्टिलरी लिमिटेड सवै भन्दा धेरै १० प्रतिशतले बढेको छ भने मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको भने झण्डै १० प्रतिशतले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको