अर्थ संसार, काठमाडौं– मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर रु ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ ।
व्यापार ११.७, होटल ६.९५ र अन्य उपसमूहको शेयर १.९६ बिन्दुले बढ्दा बैंकिङ ३.०२, विकास बैंक ४.६४, जलविद्युत् ३.५६, वित्त १.४३, निर्जीवन बीमा ६१.३४, उत्पादन २.७४, लघुवित्त ७.५६, जीवन बीमा २७.३४ र म्युचुअल फण्ड उपसमूहको शेयर ०.१५ बिन्दुले घटे ।
स्टकका अनुसार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर रु सात करोड १२ लाख ६२ हजार २२२ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यसैगरी शिवम् सिमेन्ट रु चार करोड २५ लाख ४३ हजार ३४३, प्रभु बैंक लिमिटेड रु दुई करोड १३ लाख ५८ हजार ५०१, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड रु एक करोड ५९ लाख १० हजार ६५९ र एनआइसी एशिया बैंकको रु एक करोड ५३ लाख ९० हजार ९५५ मा कारोवार भई शीर्ष स्थानमा रहे ।
साल्ट टेड्रिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाए । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था र सिभिल लुघवित्त वित्तीय संस्था ५/५, खानीखोला हाइड्रोपावर ४.२३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयर धनीले ३.५७ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ७.०९, मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेड ६.९७, कर्णाली विकास बैंक ६.४५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ६.३५ र कर्पोरेट विकास बैंकका शेयरधनीले ६.३४ प्रशितले गुमाए ।
बजार घट्ने क्रम जारी भैरहदाँ शेयर विश्लेषकहरु भने बजार घट्न् पर्ने कुनै कारण नभएका बताएका छन् । शेयर विश्लेक रामु खनाल भन्नुहुन्छ–‘शेयर बजारलाई फागुन चैतको खेति साउन भदौको उब्जनी भन्ने गरिन्छ । सोहि अनुरुप पनि अहिले बजार बिस्तारै बढ्नु पर्ने समय हो । तर, दु:खको कुरा बजार बढ्न सकेको छैन । ’
त्यस्तै, अर्काे बजार विश्लेषक नरेन्द्र चुदाली भन्नुहुन्छ ‘अल्पकालीन ट्रेड , चर्को ब्याजदर, अधिक आपुर्ती जस्ता पछिल्लो समय ‘‘रैथाने समस्या’’ बनेका केही सवालहरुले पनि बजार बुस्ट हुन सकिरहेको छैन। समग्रमा यो आर्थिक बर्षमा सुचिकृत सस्थाहरुका वित्तीय विवरणहरु बलिया देखिएकोले बजार घट्नु पर्ने कारण देखिदैन।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस