Like us!
Follow us!
Connect us!
Watch us!

ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना पूर्ण सञ्चालन

रबिन दङगाल

शुक्रबार, १३ असार २०७६, ११ : २७ मा प्रकाशित

ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको  ४० मेगावाट क्षमताको  जलविद्युत् आयोजना पूर्ण  सञ्चालन

अर्थ  संसार , म्याग्दी-  ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो । 

नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको थियो ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले कम्पनी मोडलमा बन्न लागेको राहुघाटको पिप्लेस्थित अडिट नं ३ मा सुरुङ निर्माणको काम यसै हप्तादेखि सञ्चालन  भएको जानकारी दिए । 
    
पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा सकिनुपर्ने थियो । विसं २०७२ मा पुरानो ठेक्का तोडेर कम्पनी मोडलबाट आयोजनालाई अघि बढाइएको थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ ।
 
ठेकेदार कम्पनीले सबै तयारी सकेर सुरुङ निर्माण शुरु गरेको जानकारी दिँदै प्रबन्ध सञ्चालक केसीले कार्यतालीका बनाएर कामलाई तीव्रता दिने बताए । विसं २०७४ मङ्सिर ५ मा रु ६ अर्बमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जेपी एशोसिएट्सले २०७५ जेठ १० गते कार्यादेश पाएको थियो ।
 
आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गर्नुपर्नेछ । पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको आयोजनाले वनसम्बन्धी सबै प्रक्रिया पूरा गरेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको