अर्थ संसार, काठमाडौँ- मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । 
क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ : ४५ बजे प्रारम्भ हुनेछ । नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा भने पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ । दुवै टोली सेमिफाइनलमा पुगेकाले यस खेलले सो समूहको विजेता र उपविजेताको टुङ्गो लगाउनेछ । 
विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन् । प्रतियोगितामा दुई खेल खेलेको चीन दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नवप्रवेशी टोली चीन नेपाल र सिङ्गापुरसँग पराजित भएको थियो ।
त्यसैगरी समूह ‘बी’ मा भने चार राष्ट्रमा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ । 
नेपालले यू–१९ उमेर समूहको खेलमा लामो समयदेखि सिङ्गापुरसँग खेलेकामा नतिजा पनि  नेपालकै पक्षमा  आएको थियो । पछिल्लो पटक गत अप्रिलमा मलेशियामा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो । 
त्यस्तै सन् २०१७ मा सिङ्गापुरमा भएको यू–१९ विश्वकप छनोट एशियाअन्तर्गतको खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको थियो । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस