Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता

मिलन खड्का

आइतबार, २२ असार २०७६, १४ : १६ मा प्रकाशित

एन आई सी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता

अर्थ संसार, काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि. ललितपुरका बीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा QR पेमेन्ट  तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०%  सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । QR पेमेन्टका लागि सर्वसाधारणले एन आई सी एशियाको मोबाइल एपमार्फत् QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नुहुनेछ र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाज्यूले हस्ताक्षर गर्नुभयो भने सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको