Like us!
Follow us!
Connect us!
Watch us!

चेम्बर र चिनियाँँ व्यवसायीबीच भेटवार्ता

रबिन दङगाल

मंगलबार, २४ असार २०७६, १५ : ५६ मा प्रकाशित

चेम्बर र चिनियाँँ व्यवसायीबीच भेटवार्ता

अर्थ संसार, पोखरा- पोखरा चेम्बर अफ कमर्श कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ सदस्यीय प्रतिनिधिमण्डलसँग दुई देशबीच व्यावसायिक आदानप्रदान र नागरिकस्तरबाट भाषा संस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले जानकारी गराए ।

सो चिनियाँ प्रतिनिधिमण्डलसँग पोखरा चेम्बर्सका पदाधिकारीले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न आग्रह गरेका थिए । सो व्यावसायिक प्रतिनिधिमण्डलले आफूहरु नेपालमा लगानी गर्न इच्छुक भएको र सरकारको तर्फबाट पहिला व्यावसायिक सुरक्षा, नीतिगत स्पष्टता भएमा चेम्बरको सहयोगमा पोखरा क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष सुनारले बताए । 

व्यावसायिक प्रतिनिधिमण्डलबीच भेटवार्ता बैठकमा नेपाल–चाइना सङ्घका महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्श कास्कीका उद्योगतर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बाँस्तोलालगायत कार्यसमितिका सदस्यको सहभागिता रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको